Comments Add Comment

आन्तरिक चुनावमा होमिँदैछ कांग्रेस !

बहस : महाधिवेशन कि अन्तरिम संरचना ?

१९ असार, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इतर समूहलाई आशंका थियो, पार्टी सभापति शेरबहादुर देउवा तत्काल १४ औं महाधिवेशन गर्ने पक्षमा छैनन् । पार्टीको अन्तरिम संरचना पनि तदर्थ समितिमार्फत बनाउन चाहन्छन् ।

त्यही आशंकालाई बल पुग्ने गरी नियमावली समितिमा संक्रमणकालीन व्यवस्थाबारे विधानमा जे उल्लेख भए पनि केन्द्रीय कार्यसमितिले निर्णय गर्न सक्ने प्रस्ताव आयो ।

लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतको बैठक गोंगबुमा बस्यो र तदर्थ समिति अस्वीकार गर्ने निर्णय गर्‍ यो ।

तर, रमेश लेखक नेतृत्वको समितिले बिहीबार नियमावलीको मस्यौदा पास गर्‍यो, जसमा विधान विपरीत केन्द्रीय समितिले तदर्थ समिति बनाउने सक्ने कुनै व्यवस्था छैन ।

आफूहरुले अस्वीकार गर्ने प्रष्ट भएपछि संस्थापन पक्ष पछाडि हटेको पौडेल–सिटौला समूहका नेताहरुको दाबी छ । साथै उनीहरुमा चासो छ, २२ गतेबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा देउवाले के प्रस्ताव ल्याउलान् ?

तर, पार्टी नेतृत्वले जे प्रस्ताव ल्याएपछि कांग्रेस आन्तरिक चुनावमा होमिने प्रष्ट संकेत देखिएको छ ।

आन्तरिक चुनावमा होमियो कांग्रेस !

केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाहरु तय गर्न बिहीबार पदाधिकारी बैठक बसेको छ । एक पदाधिकारीका नियमावली पेश गर्ने र विधानअनुसार अन्तरिम संरचना निर्माणबारे छलफल गर्ने आसन्न बैठकको एजेण्डा बन्ने पक्का भएको छ ।

कांग्रेसको विधानअनुसार वडा, स्थानीय तह, क्षेत्रीय र प्रदेश कमिटीहरु अधिवेशनमार्फत बनाउनुपर्छ । स्थानीय स्तरमै सहमति भए सहमति, नभए चुनाव हुनेछ ।

यदि केन्द्रीय कार्यसमितिले विधानअनुसार अन्तरिम संरचना बनाउने निर्णय गर्ने हो भने कांग्रेसमा आन्तरिक चुनाव सुरु हुनेछ । किनकी केन्द्रीय महाधिवेशनसँग जोडिने भएकाले नेतृत्वले चाहेर पनि सबै कमिटी गठनमा सहमति हुन सक्दैन ।

यदि अन्तरिम संरचना नबनाई १४ औं महाधिवेशन गर्ने निर्णय भयो भने पनि चुनाव लाग्नेछ ।

उसो त कतिपय नेताहरु अन्तरिम संरचना नबनाई १४ औं महाधिवेशनको प्रक्रिया सुरु नहुने बताउँछन् । किनकी क्रियाशील सदस्यता नवीकरण लगायतका निर्णय गर्न पार्टीको संरचना चाहिन्छ, जुन अहिले वडा, स्थानीय तह, क्षेत्र र प्रदेशमा छैन । केन्द्रीय सदस्य प्रदीप पौडेल पनि क्रियाशील सदस्यता नविकरण लगायतका कामका लागि अन्तरिम संरचना अपरिहार्य भएको बताउँछन् ।

जे निर्णय भए पनि कांग्रेस अब आन्तरिक चुनावमा होमिने प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । उनले अघि भने, ‘महाधिवेशन गर्न विभिन्न चरण पार गर्नुपर्छ । अन्तरिम संरचना बनाउने तयारी महाधिवेशन पूर्वको एउटा चरण हो ।’

यसैबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै आगमी बैठकले नियमावली पारित गरेपछि सबै तहको संरचना निर्माण गर्ने बाटो खुल्ने बताएका छन् । ‘नेपालको संविधान बमोजिमका नविन संरचनाहरु पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरुप नै गठन हुनेछन्’ उनले भनेका छन्, ‘सो भन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु विल्कुलै निराधार यसकारण पनि छि क कांग्रेसको विधानमा पार्टीको नविन संरचनाहरु गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment