Comments Add Comment

सर्पले टोकेर शिक्षिकाको मृत्यु, शोकमा विद्यालय बन्द

२० असार, वीरगञ्ज । पर्सामा सर्पले टोकेर एकजना शिक्षिकाको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडानम्बर १ मनवा बस्ने अन्दाजी २८ वर्षीया  सुनिता तिवारीको मृत्यु भएको हो ।

उनले मनवास्थित माध्यमिक विद्यालयमा अध्ययापन गराउँदै आएकी थिइन् । आफन्तजनका अनुसार राति सुतिरहेकै ठाउँमा उनलाई सर्पले टोकेको थियो । राति नै उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो ।

नारायणीमा उपचार हुन नसक्ने चिकित्सकले बताएपछि उनलाई रक्सौलस्थित डंकन अस्पतालमा लगिएको थियो । त्यही उपचारको क्रममा उनको मृत्यु भएको आफन्तले जाकनारी दिएका छन् ।

शिक्षिका मृत्युको शोकमा मनवास्थित विद्यालय बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment