Comments Add Comment

२०० घुसको बदला ५५ हजार घुस !

२० असार, काठमाडाैं । घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंह र सुनिल न्यौपानेविरुद्ध मुद्दा हालेको छ ।

दाङको घोराही उप-महानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार सिंहमाथि २ सय रूपैयाँ घुस लिएको आरोप छ । अख्तियारका अनुसार चेकजाँचमका क्रममा मोटरसाइकल चालकसँग कागजात नभएको भेटिएपछि सिंहले रसिद काट्न खोजेका थिए । तर न्यौपानेलेले दुई सय रूपैयाँ दिएर मिलाए ।

त्यहाँबाट छुटेर गएको केहीबेरमा न्यौपाने आए । आफू पत्रकार भएको र घुस लिएको भिडियो बनाएको भन्दै उनले प्रहरी हवल्दार सिंहसँग एक लाख रूपैयाँ मागेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

बार्गेनिङका क्रममा ५५ हजारमा सहमति भएपछि सिंहले नगद पाँच हजार र ५० हजारको चेक न्यौपानेलाई दिएका थिए । पछि नगद ५० हजार दिएर चेक फिर्ता लिएका थिए ।

चेक र नगद ५५ हजारसहित सुनिल न्यौपानेलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार न्यौपानेले आफू पत्रकार हुँ भने पनि भए नभएको खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment