Comments Add Comment

विश्वकप सेमिफाइनल समीकरण पूरा, पाकिस्तान बाहिरियो

२० असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अस्ट्रेलिया, भारत, इंग्ल्याण्डसँगै सेमिफाइनलमा न्युजिल्याण्डको स्थान पक्का भएको हो ।

पाकिस्तानले अन्तिम खेलमा बंगलादेशसँग राम्रो रन रेटका लागि आवश्यक अन्तरको जित निकाल्न नसक्ने भएसँगै न्युजिल्याण्ड सेमिफाइनल पुग्ने पक्का भएको हो । पाकिस्तानले खेल जिते पनि रन रेट न्युजिल्याण्डको भन्दा राम्रो बनाउँदै सेमिफाइनल पुग्न बंगलादेशलाई ७ भन्दा कममा आउट गर्नुपर्ने थियो ।

दुई ओभरको खेल सकिँदा बंगलादेशले आठ रन बनाइसकेको छ । पहिलो ओभर मोहम्मद हाफिजले कुनै रन दिएनन् । दोस्रो ओभरमा मोहम्मद आमिरले भने आठ रन खर्चिए ।

न्युजिल्याण्डको ९ खेलमा ११ अंक रहेको छ । पाकिस्तानले बंगलादेशलाई हराएमा ९ खेलमा ११ अंक नै हुनेछ । तर नेट रन रेटमा न्युजिल्याण्डको ०.१७५ छ भने पाकिस्तानको –०.७९२ रहेको छ ।

बंगलादेश विरुद्ध पूरा ५० ओभर खेल्दै पाकिस्तानले ९ विकेटको क्षतिमा ३ सय १५ रन बनाएको हो । यसैले खेल जिते पनि पाकिस्तानका लागि न्युजिल्याण्डलाई पछि पार्न आवश्यक रन रेट भने पुग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment