Comments Add Comment

विश्वकपमा बाबर आजमले बनाए नयाँ कीर्तिमान

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले नयाँ कीर्तिमान बनाएका छन् । उनी एउटै विश्वकपमा सर्वाधिक रन बनाउने पाकिस्तानी खेलाडी बनेका हुन् ।

जारी विश्वकपका आठ इनिङमा बाबरले ४ सय ७४ रन बनाएका हुन् । यसअघि १९९२ को विश्वकपमा पाकिस्तानका जाभेद मियानदादले ९ इनिङमा ४ सय ३७ रन बनाएका थिए ।

सेमिफाइनल पुग्न कठीन देखिए पनि बाबरले बंगलादेशविरुद्ध तेस्रो क्रममा ब्याटिङ गर्दै ९८ बलमा ९६ रन बनाए । लयमा देखिएका उनी ३२ औँ ओभरमा बंगलादेशका मोहम्मद सैफुदिनको बलमा एलबीडब्लू आउट भएका हुन् ।

पाकिस्तानका लागि पछिल्लो विश्वकपमा मिस्बा उल हकले केही राम्रो ब्याटिङ देखाए पनि १९९२ मा जाभेदले बनाएको कीर्तिमान तोड्न भने सकेका थिएनन् । उनले २०१५ को विश्वकपमा ७ इनिङमा ३ सय ५० रन बनाएका थिए ।

यसपटक बाबरले ४ सय ७४ रन बनाएसँगै पाकिस्तानी क्रिकेटले मध्यक्रममा भरपर्दा ब्याट्सम्यान पाएको चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment