+
+
Shares

पाकिस्तानले बंगलादेशलाई दियो ३१६ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते १९:१२

२० असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ३१६ रनको लक्ष्य दिएको छ । लण्डनस्थित लर्ड्समा जारी खेलमा पाकिस्तानले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१५ रन बनाएको छ ।

पाकिस्तानका लागि इममा उल हकले शतक बनाए । सय बलमा सय रन पूरा गरेका उनले सात चौका प्रहार गरेका थिए । त्यस्तै, बाबर अजाम शतक बनाउनबाट चार रनले चुके । उनले ९६ रन बनाएर आउट भए । यता, इमाद वासिमले ४३ र मोहम्मद हफिज २७ रनमा आउट भए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले पाँच र मोहम्मद सइफुदिनले ३ विकेट लिए ।

पाकिस्तानले बंगलादेशलाई ७ रन भन्दा कममा आउट गर्न सकेमा मात्र सेमिफाइनलमा प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?