Comments Add Comment

‘जात्रै जात्रा’को ५१ दिने सफलता पार्टीमा को–को पुगे ?

जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले देशका विभिन्न ७ हलमा ५१ दिनको प्रदर्शन सफलतापूर्वक पार गरेको छ । चलचित्रले ५१ दिनको सफलता पुरा गरेको अवसरमा काठमाण्डौको सोल्टी होटलमा भव्य कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिकका साथमा वितरक, प्रदर्शक र मिडियाकर्मीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो । ‘जात्रै जात्रा’को ५१ दिने सफलतासँगै निर्देशक प्रदिप भट्टराइले चलचित्र निर्देशनमा ५१ दिनकै ह्याट्रिक गरेका छन् । उनले, यसअघि निर्देशन गरेका ‘जात्रा र शत्रु गते’ पनि ५१ दिनसम्म चलेका थिए ।

रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको चलचित्रको यूनिटले कार्यक्रममा नायिका स्वेता खड्काले संचालन गरेको ‘स्वेता श्री फाउन्डेशन’लाई पनि नगद १ लाख ११ हजार सहयोग गरेको छ । नायिका स्वेता खड्काले चलचित्रको यूनिटबाट पाएको मायाले काम गर्न अझै हौसला मिलेको बताइन् ।

कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, नायिका स्वेता खड्का, पूजा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई लगायत पुगेका थिए । यस्तै, चलचित्रको सिंगो यूनिट नै पार्टीमा रमाएको थियो । नायक विपिन कार्की, नायिका वर्षा राउत लगायतले ५१ दिने सेलिव्रेशनमा खुशियाली साटे ।

निर्देशक प्रदिप भट्टराइले चलचित्रको यो सफलताले आफूलाई अब कस्तो चलचित्र बनाउने भनेर चुनौती बढेको बताए । यस्तै, कार्यकारी निर्माता बाँनियाले सम्पूर्ण टिमका कारण यो संभव भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment