Comments Add Comment

बोल्ड स्वेता

नायिका स्वेता खड्का नेपाली चलचित्र क्षेत्रका लागि एक हिम्मतिलो नाम हो । जीवनमा थुप्रै आरोह र अवरोह भोगेकी स्वेता अहिले समाजसेवा र चलचित्रको काममा व्यस्त छिन् । यस्तै, उनको व्यापार पनि राम्रोसँग चलिरहेको छ ।
उनै, स्वेता चलचित्रका कार्यक्रममा प्राय पुग्छिन् । निम्तो आएका कार्यक्रममा पुग्ने स्वेता आफूलाई विन्दास रुपले प्रस्तुत गर्छिन् ।

शनिबार आयोजित चलचित्र ‘जात्रै जात्रा’को सक्सेस पार्टीमा पनि स्वेता यसरी नै पुगिन् । स्वेताले लगाएको पहिरनमा उनी बोल्ड देखिएकी थिइन् । कार्यक्रम हलमा पुग्ने वित्तिकै चलचित्र ‘जात्रै जात्रा’को गीतमा नृत्य गरेकी स्वेता विन्दास मुडमा देखिएकी थिइन् । निर्माण टिमले उनको फाउन्डेशन ‘स्वेता श्री’लाई नगद सहयोग समेत गरेको थियो ।

स्वेता अहिले माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणमा व्यस्त छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment