Comments Add Comment

महिन्द्रा-मनसुन सर्भिस क्याम्प सम्पन्न

२२ असार, काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको वालाजु अटो वक्र्स प्रालिले हालै ३ दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प सम्पन्न गरेको छ । यो मनसुन क्याम्प देशभर भएका महिन्द्राका आधिकारिक वर्कसपहरुमा यही असार महिनाको १८ गतेबाट प्रारम्भ भई ३ दिन सञ्चालन गरिएको थियो ।

यस मनसुन क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पांग्रे गाडीहरुको ३० पोइन्ट चेकअपको सुविधा पनि उपलब्ध थियो जसले गाडी उपभोक्ताहरुलाई पूर्ण रुपमा सुनिश्चिता प्रदान गरेको छ । क्याम्पमा सम्पूर्ण गाडीहरुको जांच विशेषज्ञद्वारा गराइएको थियो । यस अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणको तथा लुव्रिकेन्ट, स्पेयर पार्ट तथा लेवर चार्जमा १० प्रतिशत छुटको व्यवस्था, आदि सर्भिस क्याम्पका प्रमुख आकर्षणहरु रहेका थिए । आयोजकहरूले मानसूनको मौसम लक्षित गरि आयोजना गरेको यस कार्यक्रमको ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाएका थिए ।

कम्पनीले निरन्तर अन्तर्राष्ट्रिय ब्राण्ड एक्स्पेरियन्सको साथ उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । मनसुन क्याम्पमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । साथै यो क्याम्पले ग्राहक तथा कम्पनी बीचको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाएकोछ । महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न भएको जानकारी कम्पनीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment