Comments Add Comment

भारतबाट आयातित आयुर्वेदिक औषधिमा भेटियो आर्सनिक पाेइजन

२३ असार, काठमाडौं । भारतबाट आयात गरिएका केही आयुर्वेदिक औषधि गुणस्तरहीन र हानिकारक भएको दावी उपभोक्ता हित संरक्षण मञ्चले गरेको छ । मञ्चले पत्रकार सम्मेलन गरेर यस्ता औषधिका विषयमा सजग हुन आग्रहसमेत गरेको छ ।

डाबर इण्डिया लिमिटेडबाट उत्पादन भएको र डाबर नेपालबाट वितरण भइरहेको औषधिमा मञ्चले प्रश्न उठाएको हो । मञ्चका महासचिव बाबुराम हुमागाईले विभिन्न ल्याबमा भएको टेष्टबाट डाबरका केही औषधिमा आर्सनिकको मात्रा भेटिएको बताए । उनले कारबाहीका लागि यसबारे औषधि व्यवस्था विभागमा समेत जानकारी गराइसकिएको जानकारी दिए । यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत अनुसन्धान गरेको उनको भनाइ छ ।

महासचिव हुमागाईंका अनुसार डाबरका महायोगराज गुग्गल, पर्रवाल भस्म, महा वात विधंसन रस, एकांगबिर रस, बात गजाञ्कुस रस, वृहत बात चिन्तामणि रस, लगायतका नामका औषधिहरुमा यस्तो मात्रा देखिएको छ । यस विषयमा औषधि विभागले सक्रियता देखाउनु पर्नेमा बेवास्ता गरेको उनले गुनासो गरे । हुमागाई भन्छन्, ‘तथ्य प्रमाणित भएसक्दा पनि विभागले केही गरेन, गुणस्तरहीन औषधि तत्कालै बन्द गरिनुपर्छ ।’ यद्यपि, डाबरका सबै औषधिलाई नराम्रो भन्न भने नमिल्ने उनले बताए ।

उमेरले ३७ वर्ष पुगेका वेदप्रसाद शर्मा झापाका स्थायी वासिन्दा हुन् । झपाको शिससतासी नगरपालिका वडा नम्बर ३ घर भएका शर्मा आफै आयुर्बेद्धिक डाक्टर समेत हुन् । उनी कविराज निरीक्षक पदमा झापाकै गौरादह नगरपालिकाको कार्यालयमा कार्यरत छन् ।

उनी नै औसधी पीडित हुन् । उनले आफूले भोगेको कुरा मञ्चको कार्यालयमा पत्रकारहरुलाई सविस्तार भने । उनका अनुसार करिब एक वर्ष अघि उनमा कम्मर दुख्ने समस्या देखा पर्यो । शुरुमा उनले स्थानीय स्वास्थ्य संस्थामा जाच गराएर सामान्य औसधी सेवन गरे । तर दुखाई रोकिएन । कम्मर दुखाई अत्यधिक भयो । उनी हिडडुल गर्न सहजै सक्थे तर बसेको ठाउँबाट उठ्न मुश्किल पर्ने थियो ।
दुखाई आज भन्यो, भोलि भन्यो ठिक भएन । त्यसपछि उनी काठमाडौं आए । उनी भेटघाटका लागि स्वास्थ्य मन्त्रालय पुगे । त्यहाँ उनले आफूसँगै काम गरेका पुराना साथी भेटे । शर्माका साथी आयुर्बेदिक फिजिसियन थिए । उनले आफ्नो पीडा साथीलाई सुनाए ।

शर्माको पीडा सुनेपछि आफ्नै लेटरहेड निकालेर उनले  आयुर्बेदिक औसधी लेखिदिएर खान सुझाए । लेखिए बमोजिम शर्माले माथि उल्नालेखित  डाबर नेपालको औसधी खरिद गरेर खाए । त्यो औसधी आए पछि साच्चिकै काम गर्यो । उनी ठिक भए । ठीक भएपछि उनले औसधी सेवन गर्न छाडे । जब औसधी सेवन गर्न छाडे उनको रोग दोहोरियो । फेरी पुनः शुरु गरे । यो क्रम ६ महिना जारी रह्यो । त्यसपछि उनको खुट्टामा समस्या आयो ।

खुट्टा चलाउनै नसक्ने भए । अगाडी बढ्नै छाड्यो । त्यसपछि उनले झापाकै बीएमसी मेडिकलमा जचाए । अपरेशन गर्नुपर्छ भन्ने डाक्टरले सल्लाह दिए । तर उनले अपरेशन गरेनन् । त्यसपछि उनी काठमाडौं आए र अन्नपूर्ण न्यूरो अस्पतालमा डा. बसन्त लम्सालमाफृत अपरेशन गराए । अपरेशनको ११ दिन पछि उनी डिस्चार्ज भए । केहि समय घरमै आराम गरे । त्यो अवधिमा उनलाई छालामा समस्या आयो ।

त्यसपछि उनी वीर अस्पतालमा जचाए । वीरले पुर्खौली रोग भन्ने ठहर गर्यो । त्यसपछि उनी डीआई स्कीन केयर नामको नीजि अस्पतालमा जाँच गराए । पानीको कारण छालामा समस्या आयो भन्ने डाक्टरको निश्कर्ष आयो । त्यसपछि उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा समेत जचाए । उनको शरिरमा आर्सनिक समस्या देखियो । यो सामान्यतया पानीका कारण लाग्ने रोग हो ।

वेदप्रसाद शर्मा

‘म अचम्मा परेँ, राम्रै पानी खान्थे नगरपालिकामा कसैलाई त्यस्तो समस्या देखिएको थिएन’ शर्मा भन्छन्, ‘त्यसपछि मैले पानी पनि ल्याबमा लगेर जचाए, पानीमा समस्या देखिएन ।’ शर्मालाई आर्सनिकको उपचार कलकत्तामा हुन्छ भनेर उपचार गर्न जान डाक्टरहरुले सुझाव दिएका थिए । तर उनी गएनन् ।

केहि दिन पछि शर्मा पिसाब फेर्न शौचालय गएका बेला लडेर बेहोस भए । उनी भन्छन् ‘शौचालय गएँ पिसाबबाट ब्लड एकदमै धेरै गयो, त्यत्तिकैमा बेहोस भएछु, छोराछोरीले उठाएर विराटनगरको नोवल अस्पताल पुर्याए ।’ नोवलमा परिक्षण पछि उनको शरिरमा प्लेटेटको मात्रा ३० हजारमात्रै भेटियो । उनका अनुसार सामान्य व्यक्तिमा १ लाख देखि ४ लाखसम्म हुन्छ । प्लेटटेट भनेको शरिरमा कुनै चोटपटक लागे ब्लड रोक्न सक्ने क्षमता हो ।

त्यसपछि उनलाई धेरै डरलाग्यो । अन्नत शर्मा भारतको सीएमसी अस्पतालमा उपचारार्थ गए । त्यहाँ धेरै खर्च गराए । रिपोर्ट डाक्टरले भन्न मानेनन । पछि उनले थाहाँ पाए ब्लड क्यानसरको आशंकमा सीएमसीका डाक्टरहरुले उपचार गरिरहेका रहेछन् । अन्त्यमा ब्लड क्यानसर त भेटिएन । तर शरिरमा बोनम्यारो डिप्रेशन देखा पर्यो । त्यहाँका डाक्टरले आसेर्निक पोइजनिङका कारण बोनम्यारो डिप्रेशन भएको भने ।

डाक्टरले १५ दिनको लागि २ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने औसधी खान सुझाए । ‘त्यति ठूलो रकमको औसधी कहिलेसम्म खानु पर्छ भन्ने ठेगान पनि थिएन, त्यसैले नखाने निर्णय गरेँ, त्यसपछि म नेपाल फर्किए’ उनी भन्छन्, ‘म बाच्छु भन्ने लागेको थिएनm तर परिवारले औसधी खान भने, भारतमा भन्दा अमेरिकामा त्यो औसधी सस्तो पाइने रहेछ उताबाट मगाए खाएँ ।’

२ महिना पछि उनी गत चैत्रमा फलोअप चेकका सीएमसी अस्पतला पुगे । डाक्टरले पहिले प्रयोग गरेका औसधी र पानी समेत जाँच गर्न भने । पानीको रिपोर्टमा डिफल्ट नदेखिएपछि सीएमसीका डाक्टरको शंकाको सुई आयुर्बेद्धिक औधसी तर्फ गएको शर्मा सुनाउछन् ।

उनले भने, ‘त्यो औसधीमा आसेर्निकको मात्रा जाँच र्ग भनियो, १ लाख ६० हजार भारु लाग्ने रहेछ, म जाँच गर्दिन भने, तर डाक्टरले मेरो रिसर्च पनि हुन्छ आफ्नै खर्चमा जाँच गर्छु भनेर जााच गर्नुभयो ।’ जब आयुर्बेद्धिक औसधीको रिपोर्ट आयो शर्मा छाँगाबाट खसे जस्तै भए । त्यहाँ आर्सेनिकको मात्रा देखियो । यसले मस्तिकमा समस्या देख्न सकिने, ब्लड क्यानसर, लगायतका रोगहरु लाग्ने गरेका छन् । त्यसपछि नेपालमा आएर उनले विभिन्न ल्याबमा जचाउदा समेत त्यो औसधीमा आर्सेनिकको मात्रा देखिएको उपभोक्ता हित संरक्षण मञ्चको समेत दावी छ ।

उनले क्षतिपूर्तिका लागि कानुनी लडाइ लड्ने बताएका छन् । यस विषयमा सीआईबीले अनुसन्धानका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्राचार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment