+
+
Shares

सूचनाको हक कुण्ठित गर्ने कल्पना पनि गर्न सकिन्न : प्रमुख आयुक्त बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १६:०६

२३ असार, विराटनगर । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले लोकतन्त्रको आधार तत्वका रुपमा सूचनाको हकलाई लिइएकोले सूचनाको हक कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् ।

उनले सूचनाको हक आम जनताको नैसर्गिक अधिकार भएकाले यसको पूर्ण कार्यान्वय हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सूचना आयोगले आइतबार विराटनगरमा सञ्चारकर्मीका लागि आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटले जनताको मौलिक हकको रुपमा रहेको सूचना पाउने अधिकार कसैले कुण्ठित गर्न नसक्ने दावी गरे ।

उनले सूचनाको हक पूर्णरुपमा कार्यान्वयन नभएको खण्डमा लोकतन्त्र स बल र संस्थागत हुन नसक्ने बताए ।

‘संविधानमा नै जनताको मौलिक हकमा रुपमा सूचनाको हकलाई परिकल्पना गरिएको छ,’ प्रमुख आयुक्त बास्कोटाले भने, ‘हाम्रो व्यवस्थालाई सबल र सुद्धिढिकरणका लागि सूचनाको हक आम जनताको पहुँचमा स्थापित हुन जरुरी छ ।’

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले संविधानले नै सूचनामा नागरिकको पहुँचलाई स्थापना गर्ने व्यवस्था गरेकाले राज्यका सबै संयन्त्रले सुचनालाई पूर्वाधारका रुपमा लिनुपर्ने बताए ।

सूचना आयोगका आयुक्त योशदा तिम्सिनाले सूचनाका हकको प्रयोगले समाचारलाई पूर्णता दिन सहज हुने भएकोले सूचनाको हकको अधिकतम प्रयाग गर्न पत्रकारहरुलाई सुझाव दिइन् ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटा र आयुक्त तिम्सिनाले सूचनाको हक सम्बन्धी छुट्टाछुट्टै कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?