+
+
Shares

सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १७:३०

२३ असार, काठमाडौं । नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

विश्वविद्यालय स्थापना कार्यलाई अगाडि बढाउने योजनाअनुसार सैनिक मुख्यालयमा आवश्यक जनशक्तिसहित राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश गरेको छ ।

नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गरी त्यसको सहज कार्यान्वयनको सुनिश्चित गर्न राज्यलाई आवश्यक दक्ष जनशक्ति तयार गरी सो सम्बन्धी नीति निर्माण गर्न सहयोग गर्ने गरी महाविश्वविद्यालय स्थापना गर्न लागिएको नेपाली सेनाको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?