Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई सहयोग

२३ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्र्तगत शारीरिक अपाङ्गता तथा आर्थिक अवस्था कमजोर रहेका एक विद्यार्थीलाई सहयोग गरेको छ।

बैंकले मुस्ताङ घरपोजङ गाउँपालिका–३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ।

विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारीरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले यस बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।

जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment