Comments Add Comment

छालामा आएको परिवर्तनले बताउँछ तपाईंको स्वास्थ्य कस्तो छ ?

सुन्दर र हँसिलो अनुहारले जो कोहिलाई पनि आकर्षित गर्छ । त्यसैले आफ्नो अनुहारको ध्यान दिनु पनि आवश्यक छ । तपाईको स्वास्थ कस्तो छ भन्ने कुरा छालाको रंगमा आएको परिवर्तनले बताउँछ । हामी भित्रबाट नै खुशी छौं भन्ने कुरा अनुहारमा छाएको खुशीले प्रष्ट पार्छ । त्यस्तै अनुहारको छालाको रंगले पनि हाम्रो स्वस्थ कस्तो छ भन्ने कुरा दर्शाउँछ । यी केही कुराले तपाईंको छालामा आएको परिवर्तन र तपाईंको स्वास्थको बारेमा जानकारी दिन्छ ।

-यदि तपाईको छाला चम्किलो हुनुका साथै छालामा साथै गुलावी रंगको आकर्षक देखिन्छ भने तपाई धेरै स्वास्थ हुनुहुन्छ । तपाईं स्वास्थ हुनुका साथै आफ्नो छालाको पनि राम्रो ध्यान दिनु हुन्छ भन्ने प्रमाणित हुन्छ ।

-यदि तपाईको छालामा चाया, दाग, रुखोपन आदि छ भने तपाईंको शरीरमा भिटामिन, क्याल्सियम,आयरन आदिको कमिका साथ-साथै अन्य धेरै समस्यातिर संकेत गर्छ ।

-तपाईको शरीरमा पोषक तत्वको कमि हुन थाल्यो भने तपाईंको प्राकृतिक सुन्दरता प्रभावित हुनुको साथ-साथै छालाको रंगमा पनि परिवर्तन आउन थाल्छ । छाला सुख्खा र पहेंलो देखिन्छ ।

-यदि तपाईंको छालाको चमक फिक्का छ, अनुहार तेजिलो नहुनु, निधारमा धेरै रेखाहरु आउनले तपाई अति तनावमा हुनु हुन्छ भन्ने प्रष्ट पार्छ । समस्याले मनको धड्कन बढ्नु, अनुहारमा धर्सा देखिनु, निद्रा नलाग्ने जस्ता समस्याहरु देखिन थाल्छ ।

-जसरी मन-मस्तिष्कको एक-अर्कासंग सम्बन्ध हुन्छ, त्यस्तै छाला र तनावको पनि एक अर्कासंग गहिरो सम्बन्ध हुन्छ । यदि तपाईं चिन्ता गर्नुहुन्छ, तनावग्रस्त हुनुहुन्छ, डिप्रेशनको शिकार हुनुहुन्छ भने यी सबैको सोझो असर तपाईंको छालामा पर्छ । छालाको रंग परिर्वतन हुन थाल्छ । यी कारणहरुले शरीरमा धेरै प्रकारको नकारात्मक प्रभाव पनि पर्न थाल्छ ।

-यदि अनुहारमा कालो दाग र पोतो देखिएको छ भने ती कुराहरुले पनि समस्याको संकेत गरिरहेका हुन्छन् । यदि पुरुषको छाती र ढाडमा स-साना बिमिरा, कोठि छ भने त्यसले पनि तपाईं समस्यामा भएको संकेत गर्छ । तनाव, चिन्ताको कारण शरीरमा कार्बोहाइड्रेटको मात्रा बढ्छ, जसले इन्सुलिनलाई प्रभावित गर्छ । त्यसको कारणले वजन बढ्छ र स-साना कोठिहरु देखिन थाल्छ ।

-प्रायः धेरै महिलाहरुलाई महिनावारी हुँदा गालामा पोतो देखिन थाल्छ । यदि तपाई त्यो समयमा धेरै तनावग्रस्त हुनु भयो भने छालामा पोतो धेरै देखिन्छ । त्यसले तपाईलाई थप पीडा दिन थाल्छ ।

-छाला धेरै रुख्खा हुनु, चिलाउनु आदि एलर्जी हुनुका संकेतहरु हुन् ।

-अनुहार धेरै चाउरीन थालेको छ भने भिटामिन ई को कमी भएको हुनसक्छ ।्

-आयोडिनको कमी भयो भने आखा सुनिन थाल्छ ।

-यदि तपाईको शरीरमा पानीको कमि भएमा ओठ सुख्खा हुन थाल्छ ।

-यदि तपाईको गिजाबाट रगत निस्कन थालेको छ भने तपाईंलाई एसिडिटीको समस्या हुन सक्छ ।

-यसैगरी यदि शरीरमा आइरनको कमि भयो भने ओठ फुट्न थाल्छ । शरीरमा आइरनको मात्रा बढाउनका लागि मुसुरोको दाल सेवन गर्नुपर्छ ।

-यदि तपाईंको कपाल टुक्रने र नङ भाँचिने अथवा चिरिने समस्या छ भने यो बायोटिनको कमिको कारण हुने गर्छ । शरिरमा बायोटिनको कमी भएको छ भने गोलभेडा, भटमास, अण्डाको सेवन गर्नु पर्छ ।

-यदि तपाईको निधार, मुटु, पिसाब तथा सानो आन्द्रामा केही समस्या छ भने आँखाको तल्लो भागमा कालो दाग देखिन थाल्छ । यस्तो न्यूटि्रशनको कमिका कारणले हुन्छ । यदि निधार रातो हुने र छालामा पत्र देखिन्छ भने तपाईंको पाचन प्रकृया राम्रो छैन भनेर बुझ्दा हुन्छ ।

-पाचन प्रकृया राम्रो बनाउनका लागि धेरै पानी पिउनु आवश्यक छ । पानीले तपाईंको शरीरमा भएको सबै टक्सिनहरु बाहिर निकालिदिन्छ र तपाईंको पाचन प्रकृयालाई राम्रो बनाइदिन्छ । राम्रो पाचन प्रकृयाका लागि राम्रो निद्रा पनि आवश्यक छ ।

-यदि तपाईंको ओठको वरपर स-साना दानाहरु आएका छन् भने तपाईलाई कब्जियतको समस्या हुन सक्छ ।

-यदि तपाईंको गालामा दाग/धर्शाहरु आएको छ भने अक्सिजन पर्याप्त नहुनु मुख्य कारण हो । यसको लागि योगा तथा ध्यान गर्नु पर्छ ।

 ध्यान दिनु पर्ने कुराहरु

-पर्याप्त मात्रामा पानी पिउनु पर्छ ।

-खानामा फलफुललाई समावेश गर्नु पर्छ ।

-तनावबाट टाढा रहनु पर्छ । तनावले तपाईको अनुहारको चहकलाई कम गर्ने र अनुहार सम्बन्धि समस्याहरु उत्पन्न हुन्छ ।

-अनुहार राम्रो बनाउनका लागि लागि अल्कोहल, चिनी, डेरी प्रोडक्ट्सहरुको सेवन गर्नु हुँदैन ।

-चिनीको धेरै प्रयोगले छाला सुख्खा तथा रुखो हुनुको साथै रौंछिद्र पनि बन्द गरिदिन्छ ।

-व्हाइट ब्रेड, पास्ता जस्ता खानाको सेवन कम गर्नु पर्छ । यी खाध्य पदार्थले छाला र स्वास्थलाई पनि नकारात्मक प्रभाव पार्छ ।

-यदि पुरा निद्रा सुतेर पनि तपाईको आँखाको तल कालो दाग छ भने सहि र पर्याप्त पौष्टिक भोजनको कमिका कारण त्यस्तो समस्या देखिन्छ । त्यसैले पौष्टिकताले भरपुर सन्तुलित भोजन लिनु पर्छ । यसका साथै डायटिसियनसंग परामर्श पनि लिइरहनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment