Comments Add Comment

नेविसंघले पठायो प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’

Photo Credit : चन्द्र आले

२४ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त  तरकारी’ पठाएको छ ।

भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई ‘विष’ खुवाउन खोजेको भन्दै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

सोही कार्यक्रमअनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्रीलाई तरकारी पठाइएको नेविसंघका नेता शुशील भट्टले जानकारी दिए ।

मंगलबार देशका अन्य जिल्लाहरुबाट पनि प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ पठाइएको नेविसंघले जानकारी दिएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत २५ गते विषादीयुक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते महासल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

तस्वीरहरू ः चन्द्र आले

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment