Comments Add Comment

विश्वकप सेमिफाइनल : भारतविरुद्ध न्युजिल्यान्ड ब्याटिङमा

२४ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ सुरु गरेको छ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय भएपछि भारतले बलिङको निम्तो पाएको हो । न्युजिल्यान्ड र भारत दुबै टिम विश्वकपको फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

जारी विश्वकपमा प्रदर्शनका आधारमा भारत उत्कृष्ट टिम हो । भारतको उद्देश्य न्युजिल्याण्डलाई कम स्कोरमा समेट्ने हुनेछ भने न्युजिल्याण्ड बढी रन बनाएर भारतलाई हराउने योजनामा छ ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, महेन्द्रसिंह धोनी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, हेनरी निकोलस, रोस टेयलर, टोम लाथम, टम जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, माट हेनरी, लोकी फर्गुसन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment