+
+
Shares

क्यारेबियनलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १७:२५

२४असार, काठमाडौं । क्यारेबियन कलेजले एपेक्स गेमर्स कनेक्ट २०१९ अन्तर्गत डोटा-२ को उपाधि जितेको छ ।

आइतबार मध्ये बानेश्वरस्थित एपेक्स कलेज परिसरमा भएको फाइनलमा आईएसएमटीको चुनौती पन्छाउँदै क्यारेबियन च्याम्पियन बनेको हो । उपाधिसँगै क्यारेबियनले २५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता आईएसएमटीले १० हजार रुपैयाँमा चित्त बुझायो । १२ कलेज सहभागी रहेको प्रतियोगिता ३ दिनसम्म चलेको थियो ।

यसैक्रममा एपेक्स कलेजकै अन्तरिक फिफा प्रतियोगितामा भने पुरुषतर्फ श्रेयन वैद्य र महिलातर्फ अनिशा बज्राचार्य च्याम्पियन बने । फाइनलमा मनन पाण्डेलाई पराजित गर्दै श्रेयनले १० हजार रुपैयाँ प्राप्त गरे । अनिशाले उपाधि भिडन्तमा रश्मि थापालाई हराउँदै ७ हजार रुपैयाँ पुरस्कार पाइन् । डबल्सतर्फ आयुष भट्टछन् र दासु बज्राचार्यको जोडीले उपाधि जित्दै ८ हजार रुपैयाँ प्राप्त गरे ।

एपेक्स आईटी क्लबको आयोजनामा भएको प्रतियोगितामा अन्य विविध कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?