+
+
Shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कर्मचारी भर्नाको विज्ञापनविरुद्ध रीट

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १७:४३

२४ असार, काठमाडौं – मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शिक्षक र कर्मचारी भर्ना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगले कार्यकारी परिषदको सिफारिसमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ परिच्छेद ११ दफा ३९ मा भएको प्रावधान विपरीत अर्थमन्त्रालयको स्वीकृत बेगर कर्मचारी र शिक्षकको विज्ञापन गर्न लागेको भन्दै त्यसलाई रोक्न माग  गरिएको छ ।

विश्वविद्यालयले शिक्षक र कर्मचारी गरी ३३ पद रिक्त भए पनि ९२ जनालाई स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको छ । रीट निवेदककर्ता रविकिरण हमालले विश्वविद्यालयले अर्थ मन्त्रालयको स्वीकृति नलिई दरबन्दीभन्दा ५९ जना बढी कर्मचारी राख्न लागेकाले अदालत गएको बताए । यो रीटमा असार २५ गते पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?