+
+
Shares

१३ औं एजुकेसन फेयर बिहीबारदेखि, सम्पूर्ण तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १८:०५

२४ असार, काठमाडौं । १३ औं एजुकेसन फेयर आगामी २६ गतेदेखि आयोजना हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघको आयोजनामा फेयर आयोजना हुन लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु हुने फेयर २९ गतेसम्म चल्नेछ । मंगलबार पत्रकार सम्मेलन गरेर ईक्यानले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

फेयरले नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुबारे बुझ्न महत्त्वपूर्ण सहयोग पुग्ने ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले बताए ।

१३ औं संस्करणमा १ लाख ५० हजाले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष पाण्डेले बताए । उनका अनुसार मेलामा भारत, चीन, बंगलादेश, अमेरिका, जापान, फ्रान्स, बेलायत, अष्ट्रेलिया, आयरल्याण्ड, नर्बे, जर्मन, डेनमार्क लगायतका मुलुकका चर्चित विश्वविद्यालयका प्रतिनिधिले सहभागिता जनाउनेछन् ।

मेलाको व्यवस्थापन गर्ने जिम्मा वल्र्ड विजनेश म्यानेजमेन्टले गर्ने भएको छ । ब्रिटिस काउन्सिलको प्रस्तुतीकरणमा आयोजना हुने मेलाको टाइटल स्पोनसरमा राईट पाथ क्यारियर काउन्सिलिङ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?