Comments Add Comment

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आरुघाटमा १६ चौतारा निर्माण

२४ असार, गोरखा । आरुघाट गाउँपालिकामा १६ वटा परम्परागत चौतारा निर्माण भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत चौतारा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

‘दश वटा नयाँ चौतारा बनायौ,’ गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक महेश खत्रीले भने, ‘६ वटा पुरानो जीर्ण अवस्थामा रहेका चौतारा मर्मत गर्‍यौ ।’

वडा स्तरबाटै योजना छनोट गरेर काम शुरु गरिएको उनले बताए । वडा नम्बर ८ पिपलडाँडा, वडा नम्बर ७ भैसीपोखरी, वडा नम्वर १० मंगलटार र वडा नम्वर १ को डुङचे चौताराको मर्मतसम्भार गरिएको उनले जानकारी दिए ।

नयाँ चौतारा लगाएको अधिकांश ठाउँमा बर-पिपलको विरुवा रोपिएको उनले बताए । ‘केही ठाउँमा समि लगाएका छौ, चिलाउने पनि छ, त्यहाँ पछि बर पिपल नै लगाउँछौ,’ खत्रीले भने ।

हराउँदै गएको परम्परागत चौतारा संरक्षणका लागि चौतारा निर्माणलाई प्राथमिकता दिइएको उनको भनाइ छ । ‘गाउँपालिकाले परम्परागत चौतारा जोगाउने अभियान पनि राखेको छ, पुरातात्विक महत्वका कुराहरु जोगाउनुपर्छ भनेर प्रधानमन्त्री कार्यक्रमको रकमले यही योजना छानेका हौ,’ उनले भने ।

रोजगार कार्यक्रम अन्तरगत यस वर्ष २८ लाख रकम विनियोजन भएको खत्रीले बताए । रोजगार कार्यक्रम अन्तरगत चौतारा निर्माण सँगै तीन वटा गोरेटो बाटो र सडक नाली समेत निर्माण गरिएको उनको भनाइ छ ।

कार्यक्रम अन्तरगत कुल दुई सय ५२ जनाले १५ दिनको रोजगार पाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment