Comments Add Comment

एभरेष्ट बैंकद्वारा फिनलेट नेपालको सहकार्यमा वित्तिय साक्षरता

२४ असार, काठमाडौं । एभरेष्ट बैंकले सुनसरीका १० विद्यालयमा वित्तिय साक्षरता कक्षा संचालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको छ ।

फिनलेट नेपालले एभरेष्ट बैंकको वित्तिय साक्षरता अभियानमा समर्थन गर्नेछ । स्कुल बुक नामक ५ महिना लामो वित्तिय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ जसले बालबालिका र अभिभावकहरुलाई वित्तिय मामिलालाई राम्रोसँग बुझ्न मदत गर्नुका साथै मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तिय योजना र लगानीका सिद्धान्तहरु सिकाउँछ ।

फिनलेट नेपालले देशका विभिन्न क्षेत्रमा वित्तिय शिक्षा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ ।

हालै क्यामेलस रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाहृय सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment