Comments Add Comment

के गर्दैछन् आलिया र रणबीर ?

रणबीर कपूर र आलिया भट्टको लभ-अफेयर उत्कर्षमा छ । दुबै डेडिङमा रमाइरहेका छन् । हालैमात्र उनीहरु न्यूर्योकमा थिए । न्यूर्योकमा रमाइला दिनहरु विताएपछि उनीहरु भारत फर्किएका छन् ।

मुम्बईमा पनि धेरै पटक संग-संगै देखिएका छन् । उनीहरु दुबैलाई कहिले साथीहरुसंग रेष्टुराँमा देखिएको छ भने कहिले कारमा यात्रा गरिरहेको अवस्थामा । केही दिनअघि मात्र उनीहरुलाई अर्जुन कपूरको घरमा देखिएको थियो ।

अहिले आएर यी दुबै कलाकारलाई निर्देशक लव रञ्जनको कार्यालयको बाहिर देखिएको छ । सोमबार राती उनीहरु निर्देशक रञ्जनको कार्यालयबाट बाहिरिएको देखिएको हो । उनीहरु त्यहाँ निर्देशक रञ्जनसँग नयाँ फल्मको लागि छलफल गर्न पुगेको बताइन्छ ।

रणबीरले निर्देश्ाक रञ्जनको आगामी फिल्ममा अभिनय गर्ने सम्भावना छ, जसमा अजय देवगण पनि प्रमुख भूमिकामा रहने छन् । उक्त फिल्म सन् २०२० को प्रारम्भदेखि फ्लोरमा जाने अनुमान गरिएको छ ।

उक्त फिल्ममा आलियाको भूमिका रहने अथवा नरहने बारेमा केही बताइएको छैन । यदि आलियाले पनि उक्त फिल्ममा अभिनय गरिन् भने रणबीर र आलियाका प्रशंसकहरुले रमाइलो मान्न सक्ने छन् ।
यद्यपि, समाचारहरुमा जनाइए अनुसार उक्त फिल्ममा रणबीर र अजयको अपोजिटमा दीपिका पादुकोण तथा तब्बूलाई लिइने सम्भावना अत्यधिक छ ।

त्यसो त यो फिल्मबाहेक रणबीर र आलिया निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा पहिलो पटक संगै देखिने निश्चित भैसकेको छ । आगामी वर्ष प्रदर्शन हुने उक्त फिल्ममा अमिताभ बच्चन पनि महत्वपूर्ण भूमिकाका प्रस्तुत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment