+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
148/4 (17.3)
VS
Sudurpaschim won by 6 wickets
जनकपुर बोल्ट्स 2025
145/8 (20)
Shares

हुम्लाको खार्पुनाथमा प्रभु बैंक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते १६:५२

२५ असार, काठमाडौं ।  प्रभु बैंक लिमिटेडले हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन एक समारोहका बीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरे । शाखा कार्यालय उद्घाटन गर्दै रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।

उनले सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउदै बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?