Comments Add Comment

जडेजाको विकेट टर्निङ प्वाइन्ट

काठमाडौं । वर्षाले भारत र न्युजिल्याण्डको सेमिफाइनललाई ‘रिजर्भ डे’मा धकेल्यो, जतिबेला न्युजिल्याण्ड ४६.१ ओभरमा २११ रन बनाएर संघर्ष गरिरहेको थियो । दोस्रो दिन बाँकी ओभरमा थप ३ विकेट गुमाएर न्युजिल्याण्डले २३९ रन बनायो । भारतका लागि यो ठुलो लक्ष्य थिएन ।

तर भारत १८ रनले हा¥यो । उसले ४९.३ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।

रोहित, विराट र राहुलको तीन रन !

भारतीय क्रिकेटको सबैभन्दा बलियो पक्ष ओपनिङ जोडी । त्यसमा पनि जारी विश्वकपमा रोहित शर्माको कीर्तिमानी प्रर्दशनले सबैलाई चचित बनाएको थियो । तर न्युजिल्यान्डविरुद्ध उनी चल्न सकेनन् ।
उनी मात्र एक रनमा आउट भए । उनी माट हेनरीको बलमा उनी क्याच आउट भए । लगतै भारतले अर्को विकेट गुमायो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान विराट कोहलीलाई टे«न्ट बोल्टले एक रनमै एलबीडब्लु धरापमा परे । लगतै केएल राहुललपनि आउट भए ।

तीन जना मात्र एकएक रनमा आउट भए । रन जोड्दा ३ विकेट गुमाएको भारत निकै दबावमा आयो ।

भारत हार्नुको एउटा यो महत्वपूर्ण कारण हो ।

जडेजाको विकेट

निदेश कार्किक पनि टिक्न सकेनन् । मात्र ६ रनमा आउट भए । तर मध्यक्रमका ब्याट्सम्यान ऋषभ पन्त र हार्दिक पाण्डेयाले ४७ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे ।

दुबै समान ३२–३२ रनमा आउट भए । ६ विकेट गुमाइसकेको भारतका लागि अब अन्तिम आशाका रुपमा एमएस धोनी र रविन्द्र जडेजाको जोडी रह्यो । दुबैले त्यो संकेत देखाएका पनि थिए । निकै दबावका बीच सातौं विकेटका लागि ११६ रनको साझेदारी गर्दै भारतलाई खेलमा फर्काए ।

खेल १४ बल बाँकी थियो र भारतलाई ३२ रन चाहिएको थियो । क्रिजमा जमेका जडेजा र धोनी थिए । तर ४८ औं ओभरका पाँचौं बलमा ट्रेन्ट बोल्टले जडेजाको विकेट लिएसँगै भारत हार नजिक पुग्यो ।
निकै रोमाञ्चक खेलमा यो नै महत्वपूर्ण टर्निङ प्वाइन्ट रह्यो ।

अर्को ओभरको तेस्रो बलमा धोनी पनि आउट भएपछि खेल न्यूजिल्याण्डको पक्षमा गयो । ओभरको पहिलो बलमै छक्का प्रहार गर्दै खेल जिताउने लक्षण देखिएका धोनी तेस्रो बलमा रनआउट भएका थिए ।

यसअघि म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि रोस टायलरले ७४, कप्तान केन विलियम्सनले ६७ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment