Comments Add Comment

असोज १० मा ‘छ माया छपक्कै’, तर राजनीति भयो भने ?

गतबर्षको दशैंमा पनि निर्देशक अशोक शर्मा र निर्माता दीपकराज गिरीकै चलचित्रको भिडन्त र चर्को राजनीतिले यी दुइले निर्माण गरेका चलचित्रले रिलिजको अन्तिम समयसम्म पनि मिति तय गर्न सकेनन् । यो बर्ष पनि अहिलेसम्म दुबैजना दशैं रिलिज भनेर बसिरहेका छन् ।

तर, रोहित अधिकारी र दिपकराज गिरीले बनाएको चलचित्र ‘छ माया छपक्कै’को निर्माणपक्षले भने असोज १० मा प्रदर्शन मिति तय गरेको वुझिएको छ । वुझिएअनुसार, असोज १० मा सोलो रिलिजको अवसर पाएको खण्डमा यही मितिमा चलचित्र ल्याउने तयारी गरिएको छ ।

यसो हुँदा, अशोक शर्माले निर्माण र निर्देशन गरेको चलचित्र ‘रातो टिका निधारमा’ असोज १७ मा आउने पक्का हुनुपर्नेछ । तर, ‘छ माया छपक्कै’को टिमले रिलिज मितिलाई लिएर राजनीति भएको खण्डमा चुप लागेर नबस्ने बताएको छ । यसअघि, चलचित्र ‘रातो टिका निधारमा’को पत्रकार सम्मेलनमा पनि निर्देशक शर्माले समझदारीमा काम भएमा आफूले राजनीति नगर्ने र तर खेल खेलिए आफू चुप लागेर नबस्ने बताएका थिए ।

‘छ माया छपक्कै’को टिम असोज १० मा आउने तयारीमा छ । यसैले, ‘रातो टिका निधारमा’ असोज १७ मा आउने संभावना बढेको छ । तर, यी दुबै चलचित्रका मेकरले गतबर्षको जस्तै राजनीतिमा जोड गरे भने खेल विग्रने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment