Comments Add Comment

‘सञ्चार सेट’ बोकेर सीआईबीको डीएसपी भएको नाटक !

२४ असार, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी नायब उपरीक्षक (डीएसपी) भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनिवेशी– २ का राजेन्द्रप्रसाद लुइँटेल छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाका अनुसार उनलाई नगार्जुन नगरपालिका–७, सीतापाइलाबाट पक्राउ गरिएको हो ।

‘हाल चन्द्रागिरी–५ बस्दै आएका लुइँटेलले विभिन्न व्यक्तिलाई डीएसपी भएको बताएर ठगी गरेका थिए’, डीएसपी थापाले सुनाए, ‘आफ्नो सेक्युरिटी कम्पनी रहेको बताएर ५ प्रतिशत शेयरका रुपमा १ लाख ६० हजार रुपैयाँ उनले उठाएका थिए ।’ उनका अनुसार प्रहरीले बार्गेनिङ गर्दै गरेको अवस्थामा  लुइँटेललाई पक्राउ गरेको थियो ।

प्रहरीले सार्वजनिक गरेको लुइँटेलको फोटो अगाडि सञ्चार सेट पनि देखिएको छ । सामान्यतः सुरक्षा अधिकृतले सूचना आदनप्रदानका लागि सञ्चार सेट प्रयोग गर्छन् । तर, उनले बोकेको सेट सुरक्षाकर्मीसँग हुने सेट नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कुनै निजी सुरक्षा एजेन्सीको सेट उनले प्रयोग गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यद्यपि, आफूलाई डीएसपी भएको प्रमाणित गर्न उनले सेट बोक्ने गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment