Comments Add Comment

कार्यक्षेत्र छाड्ने डडेल्धुराका चिकित्सकको चेतावनी

२६ असार, डडेल्धुरा । शव पोष्टमार्टमा संलग्न चिकित्सकमाथि हातपात भएको विरोधमा अस्पतालका सम्पूर्ण सेवाहरु ठप्प गरेका डडेल्धुरा अस्पतालका चिकित्सकले कार्यक्षेत्र छाड्ने चेतावनी दिएका छन् ।

आक्रमणमा संलग्न जनप्रतिनिधिमाथि २४ घण्टाभित्र कारबाही नभए उनीहरुले कार्य क्षेत्र छोड्ने चेतावनी दिएका छन् ।

अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. जीवन खरेलले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा  चिकित्सहरुलाई काम गर्ने वातावरण नभए र यस्तो असुरक्षित वातावरणमा काम गर्न नसकिने बताउदै २४ घण्टाभित्र दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ ।

२४ घण्टाभित्र दोषमाथि कारबाही नभए सम्पूर्ण चिकित्सकहरुले कार्य क्षेत्र छोड्ने ज्ञापनपत्रमा उल्लेख छ ।

बुधवार बिहान ११ : ३० बजे प्रहरीले पठाएको अमगरढी नगरपालिका ११ सल्लाघारीका रमेशकुमार खड्काको पठाएको शवको पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि वडा नम्बर ११ का अध्यक्ष सूर्यबहादुर खड्काको नेतृत्वमा रहेको भीडले हातपात तथा दुर्व्यवहार गरेको थियो ।

उक्त घट्नापछि चिकित्सकहरुले अस्पतालको सम्पूर्ण सेवा ठप्प गरेका छन् । चिकित्कसहरुमाथि भएको उक्त घट्नाको नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाले समेत बिरोध गरेको छ ।

चिकित्सकहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न र दोषीमाथि कारबाही गर्न नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका अध्यक्ष डा. प्रमोद जोशीले प्रहरी प्रशासन र सरकारसंग माग गरेका छन् ।

दुई महिनाअघि पनि डडेल्धुरामा चिकित्सकमाथि दुर्ब्यबहार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment