Comments Add Comment

पुष्प र बेनिशा उत्कृष्ट नायक–नायिका(राष्ट्रिय चलचित्र पुरस्कार–२०७४)

 

चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७४’मा नायक पुष्प खड्काले चलचित्र ‘मंगलम’बाट उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन् । यस्तै, बेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी छिन् ।

वि.सं २०७४ सालको पुरस्कारमा ‘उत्कृष्ट सम्पादन’तर्फ ‘मंगलम’ चलचित्रबाट मित्रदेव गुरुङले पुरस्कार जिते । उनले वि.सं २०७३ मा पनि ‘उत्कृष्ट सम्पादन’को पुरस्कार प्राप्त गरेका थिए । यस्तै, चलचित्र ‘कृ’बाट पुरुषोत्तम प्रधानले ‘उत्कृष्ट छायांकन’को पुरस्कार प्राप्त गर्दा खगेन्द्र लामिछानेले चलचित्र ‘धनपति’बाट ‘उत्कृष्ट लेखनको पुरस्कार जिते ।

यस्तै, चलचित्र ‘ब्लाइन्ड रक्स’ उत्कृष्ट चलचित्र बन्दा यही चलचित्रबाट निर्देशक मिलन चाम्सले उत्कृष्ट निर्देशकको पुरस्कार जिते ।

उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषिको पुरस्कार भने चलचित्र ‘टिन्छेन फामा’ले जित्यो । यस्तै, उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार–महिलातर्फ मिथिला शर्मालाई चलचित्र ‘मंगलम’बाट पुरस्कार प्रदान गरियो ।

‘उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार–पुरुष’तर्फ भने रमेश रञ्जन झाले चलचित्र ‘शत्रुगते’बाट पुरस्कार प्राप्त गरे । विजेता सबैलाई नगद २१ हजार र ट्रफी प्रदान गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले विजेतालाई पुरस्कार प्रदान गरिन् । यस्तै, यो बर्षको ‘चलचित्र दीर्घ साधना सम्मान’ निर्देशक किशोर रानामगरलाई प्रदान गरिएको थियो ।

उनलाई नगद ३ लाख ५१ हजार, सम्मापनत्र प्रदान गरिएको थियो । तर, कार्यक्रममा निर्देशक राना भने अनुपस्थित थिए । राष्ट्रपति भवन शित्तल निवासमा यो कार्यक्रम आयोजना गरिएको थियो ।

 

राष्ट्रिय चलचित्र पुरस्कार २०७३ मा विपिन र श्रृजना उत्कृष्ट नायक–नायिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment