
२८ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै पहिरो खसेको थियो । पहिरोमा परेर मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिका ९ का ३२ वर्षीय धनवहादुर सुनारी मगरको मृत्यु भएको छ ।
लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका उनी पहिरोमा परेका थिए ।
सडक माथिबाट करिब ३० मिटर पहिरो झरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4