Comments Add Comment

अनेरास्ववियूको माग : डुबान समस्या समाधान गर, मृतकका परिवारलाई पाँच लाख देऊ

उद्धार तथा राहत कार्यमा जुट्न सबै तहका कमिटीलाई निर्देशन

Photo Credit : Ain Mahar/Facebook

२९ असार, काठमाडौं । नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले बाढी पहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न सबै तहका कमिटीलाई निर्देशन दिएको छ ।

साथै ज्यान गुमाउने परिवारलाई ५ लाख, घरवारविहीन हुने परिवारलाई १ लाख र घाइतेहरुको निःशुल्क उपचारको प्रवन्ध गर्न पनि सरकारसँग अनेरास्ववियूले माग गरेको छ ।

संयोजक ऐन महरले आइतबार विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय सरकारलाई कुनै कसर बाँकी नराखीकन एकीकृत रुपमा प्रभावकारी ढंगले राहत तथा उद्धार कार्यमा जुट्न अपिल गरेका छन् ।

कोशी ब्यारेजका ५६ वटै ढोका खोल्ने लगायतका कदम स्वागतयोग्य भन्दै अनेरास्ववियूले भारतीय बाँधका कारण तराईको भूभागमा हुने डुबानको समस्या स्थायीरुपमा समाधान गर्न समेत सरकार समक्ष माग गरेको छ ।

हेर्नुहोस् अनेरास्ववियूको विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment