Comments Add Comment

कार्तिक आर्यनले कति महंगोमा खरिद गरे फ्ल्याट ?

कार्तिक आर्यन अचेल बलिउडमा सबैभन्दा चर्चित अभिनेताहरु मध्ये एक हुन् । सोनू के टीटू की स्वीटी फिल्ममार्फत बलिउडमा आएका आर्यनले त्यसपछि लुका छिपी फिल्ममा अभिनय गरे । दुबै फिल्मले राम्रो व्यवसाय गर्न सफल भए । यतिबेला उनी सारा अली खानसँग ‘लभ आज कल’ को सिक्वेलको छायांकनमा व्यस्त छन् ।

यसैबीच लगातार सफलता फिल्महरु दिएपछि कार्तिकले हालै मात्र मुम्बईमा एउटा नयाँ फ्ल्याट नै किनेका छन् ।

कार्तिकले मुम्बईको यारी रोडस्थित एउटा सोसाइटीमा फ्ल्याट किनेका हुन् । त्यसको मूल्य करिव १ करोड ६० लाख भारु भएको बताइन्छ । एउटा समाचारमा जनाइए अनुसार कार्तिकले गत मे महिनामै उक्त फ्ल्याटका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै करिव १० लाख भारु एड्भान्समा दिएका थिए ।

रमाइलो कुरा के छ भने कार्तिकले अहिले जुन फ्ल्याट किनेका हुन्, उनी त्यही फ्ल्याटमा भाडा तिरेर बसिसकेका छन् । ग्वालिएरबाट मुम्बई आउने बित्तिकै उनी त्यही फ्ल्याटमा भाडामा बसेका थिए ।

आर्यनले सन् २०११ मा प्रदर्शन भएको प्यारका पञ्चनामाबाट बलिउडमा डेब्यू गरेका थिए । उक्त फिल्म पनि व्यवसायिक रुपमा सफल भएको थियो । लगत्तै उनले यही फिल्मको सिक्वेल ‘प्यारके पञ्चनामा-२’ पनि अभिनय गरे । यो फिल्मलाई पनि दर्शकले मन पराएका थिए ।

आफ्नो कमेडी शैलीको अभिनयका कारण युवा दर्शकमाझ अत्यन्त लोकपि्रय कार्तिकलाई बलिउडकै महिला सेलिब्रेटीहरुले समेत उत्तिकै मन पराउँछन् । सारा अली खान, जान्हवी कपूर तथा शार्मिन सहगल समेत आर्यन भनेपछि हुरुक्कै हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment