+
+
Shares

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते ७:५१

२९ असार, विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।

ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार पानीको बहाव तीन लाख १८ हजार ६५० क्यूसेक थियो ।

एक दशकअघि ब्यारेजभन्दा माथि पश्चिम कुशहामा बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएको थियो । त्यसैले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोसीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले प्राविधिक टोलीसहित नियमित अनुगमन गर्न र सतर्क रहन सूचित गरेको थियो ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले व्यारेजको अवस्था ठीक रहेको र भारतीय पक्षसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए । तर, बाँध नखोल्न भनेर भारतीय पक्षले दबाव दिएको जानकारी आफूलाई नभएको उनले बताए । ‘खोई हामीलाई त कसैले केही भनेको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘यो प्राकृतिक कुरा हो, क्षति भयो भने सबैतिर क्षति हुन्छ, यो कुरा त सबैले हेरेकै बुझेकै होलान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?