Comments Add Comment

अझै पनि उस्तै सुन्दर सलमानकी यी पूर्व प्रेमीका

सलमान खानले कतिजना गर्लफ्रेन्डसँग रोमान्स गरे होलान्  ? युलिया वन्तूरसम्मलाई समेट्ने हो भने आधा दर्जन हाराहारीको सूची तयार हुन्छ । यी उनका औपचारिक गर्लफ्रेन्ड हुन्, जसलाई दबंग ब्वाईले खुलमखुला अंगालेर हिँडे ।

सलमानको विशेषता के भने, उनी आफ्ना भुतपूर्व प्रेमीकासँग पनि मधुर सम्बन्ध कायम राख्न खोज्छन् । ऐश्वर्य रायलाई अपवाद मान्ने हो भने उनका धेरैजसो प्रेमीकासँग राम्रै सम्बन्ध । कैट्रिना कैफलाई अझै पनि काखी च्यापेका छन् । अर्की भूपु प्रेमीका संगीता बिजलानीको हरेक जन्मदिन मनाउन पुगेकै हुन्छन् ।

सन् १९९० की सुन्दर अभिनेत्री संगीता बिजलानीले तीन दिनअघि (जुलाई ९) आफ्नो ५४ औं बर्थडे सेलिब्रट गरिन् । उक्त अवसरमा संगीताका विशेष साथीहरु सलमान खानका साथमा यूलिया वन्तूर, डेजी शाह, जरीन खान आदि पनि उपस्थित थिए । संगीता बलिउडकी एक त्यस्ति अभिनेत्री हुन्, जसले धेरै फिल्महरुमा त काम गरिनन्, तर उनको सुन्दरताको प्रशंसा गर्नेहरु आज पनि उत्तिकै छन् ।

संगीता सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आफ्नो सुन्दर तस्बिरहरुलाई उनी प्रायः इन्स्टाग्राम शेयर गरिरहन्छिन् ।

यदि तपाईंले पनि संगीताको इन्स्टाग्राममा नजर लगाउनु भयो भने एउटा चिज गज्जब पाउनु हुनेछ । उनी ५४ वर्षको उमेरमा पनि उत्तिकै फिट र सुन्दर छिन् । यो उमेरमा पनि उनले आफ्नो फिटनेसलाई निकै ध्यान दिएकी छिन् ।

संगीताले आफ्नो इन्स्टाग्राममा जिम गरिरहेका केही तस्बिर तथा भिडियोहरु पनि शेयर गरेकी छिन् । उनका ती भिडियोहरु हेरेपछि के कुरामा ढुक्क हुन सकिन्छ भने उनी नियमित जिम जाने गर्छिन् र आफ्नो स्वास्थका लागि निकै सचेत छिन् ।

संगीताको व्यक्तिगत र करियरको कुरा गर्ने हो भने उनको जन्म मुम्बईमै भएको हो । १६  वर्षको उमेरमै नै संगीताले मोडलिङको संसारमा पाइला राखेकी थिइन् । त्यसपछि उनले केही विज्ञापनहरुमा काम गरिन्, ती मध्ये एक थियो निरमा तथा पोन्ड्सको विज्ञापन ।

सन् १९८७ मा उनले बलिउडमा डेब्यू गरिन् । त्यसक्रममा उनले त्रिदेव, हथियार, जुर्म, योद्धा, इज्जत जस्ता फिल्महरुमा अभिनय गरिन् । यद्यपि, उनले फिल्महरुबाट खासै चर्चा पाउन सकिनन् । त्यसैले उनले केही वर्षपछि नै फिल्मी क्षेत्रबाट वीदा लिइन् ।

फिल्ममा अभिनय गरिरहेकै बेला उनी सलमान खानसंग नजिकिइन् । सलमान खानकी प्रेमिकाकै रुपमा समेत उनको चर्चा भयो । बलिउडमा आज पनि उनलाई सलमानकै एक्सको नामले चिन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment