+
+
Shares

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाव !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २८ गते २०:००

२८ असार, काठमाडौं । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।

स्थानीय प्रशासनले भने पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ । पूर्वी र पश्चिमी किनाल नहर पनि खुला गरिएको छ । सप्तरीतर्फ पानीको चाप बढेको अधिकारीहरुले बताएका छन् ।

तर बिहार जलमग्न भएको भन्दै भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले राष्ट्रिय समाचार समितिलाई बताए ।

यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीसहितको टोलीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?