+
+
Shares

झुलाघाट नाकाबाट आवागमन गर्ने समय बढाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झुलाघाट नाकाबाट हुने आवागमन सहज बनाउन गर्मीमा बिहान ६ देखि बेलुका ८ बजेसम्म र हिउँदमा बिहान ६ देखि बेलुका ६ बजेसम्म सञ्चालन गर्ने सहमति भएको छ।
  • बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, पूर्वसूचना आदान–प्रदान, व्यापार सहजीकरण र सीमावर्ती नागरिकका सरोकारका विषयमा छलफल भएको छ।
  • झुलाघाटस्थित झोलुङ्गे पुलको चालु आर्थिक वर्षभित्र नेपाल पक्षले मर्मतसम्भार गर्ने जानकारी भारतीय पक्षलाई गराइएको छ।

१६ भदौ, बैतडी । नेपाल–भारत सीमामा पर्ने बैतडीको झुलाघाट नाकाबाट हुने आवागमन सहज बनाउन नाका सञ्चालनको समय बढाउने सहमति भएको छ ।

गर्मी समयमा झुलाघाट नाका बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म र हिउँदको समयमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्ने सहमति भएको हो ।

बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, पूर्वसूचना आदान–प्रदान, व्यापार सहजीकरण र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका साझा सरोकारका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् ।

यस्तै, झुलाघाटस्थित झोलुङ्गे पुलको मर्मतसम्भारका विषयमा पनि छलफल भएको सीडीओ अर्यालले बताइन् । चालु आर्थिक वर्षभित्र पुलको मर्मत नेपाल पक्षले गर्ने जानकारी भारतीय पक्षलाई गराइएको पनि उनले जानकारी गराएकी छिन् ।

बैतडी, दार्चुला र पिथौरागढ क्षेत्रमा बाढी, पहिरो तथा अन्य विपद्का बेला तत्काल सूचना आदान–प्रदान र उद्धारका लागि दुवै देशका प्रशासन तथा सुरक्षा निकायबीच समन्वय बढाउने विषयमा समेत सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?