+
+
Shares

समाजसेवी माया राणा टुफोद्वारा सरकारी उद्धार कोषमा १ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाजसेवी माया राणा टुफोले विनाशकारी बाढीपीडितका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेकी छन्।
  • दिवंगत व्यवसायी प्रभाकर शम्शेर जबराकी छोरी टुफोले जोन्टा क्लब काठमाडौंको पहलमा दरबार हाईस्कुलमा दुई पुस्तकालय स्थापना गर्न सहयोग गरेकी थिइन्।
  • प्रभाकर शम्शेर राणाले सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल र भोटेकोशी पावर कम्पनीजस्ता उद्यम सुरू गरेका थिए।

१६ भदौ, काठमाडौं । समाजसेवी माया राणा टुफोले विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत तथा सहयोगस्वरूप प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेकी छन् ।

माया राणा दिवंगत व्यवसायी प्रभाकर शम्शेर जबराकी छोरी हुन् । उनले जोन्टा क्लब काठमाडौंको पहलमा दरबार हाईस्कुलमा दुई पुस्तकालय स्थापना गर्न सहयोग गरेकी थिइन् ।

नेपालका अग्रणी उद्यमी तथा पर्यटन क्षेत्रका दूरदर्शी नेता प्रभाकर शम्शेरको विरासतलाई निरन्तरता दिँदै आएकी उनले यो रकम सहयोग गरेकी हुन् ।

प्रभाकर शमशेर राणाले सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल, भोटेकोशी पावर कम्पनीजस्ता ठूला र अग्रणी उद्यमहरूको सुरुवात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?