Comments Add Comment

पूजा बस्त्राले गर्ने भइन् ४२ वर्षमा दोस्रो बिबाह

बलिउड अभिनेत्री पूजा बत्रा प्रायः आफ्नो व्यक्तिगत जीवनमा आउने उतार-चढावका कारण चर्चामा आइरहन्छिन् ।

सन् २००२ मा पूजा अचानक सर्जन डाक्टर सोनू अहलूवालियासँग विवाह गरेर अमेरिकामा सेटल हुन गइन् । ९ वर्ष लामो वैवाहिक जीवनपछि सोनू र पूजाको सम्बन्ध विच्छेद भयो । त्यसपछि अभिनेत्री बत्रा भारत फर्किइन् ।

यसैबीच, भारत फर्किएको केही समयपछि नै उनी बलिउडकै अभिनेता नवाब शाहसंग डेटिङ गरिरहेको चर्चा चल्यो । अहिले आएर के खबर आएको छ भने ४२ वषर्ीया यी अभिनेत्रीले नवाबसंगै गोप्य रुपले विवाह नै गरेकी छिन् ।

पूजा बत्रा र नवाब शाहले जम्मू-कश्मीरमा विवाह गरेका हुन् । दुबै लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले आफ्नो सम्बन्धलाई सकेसम्म गोप्य राखने प्रयास गरेका थिए ।

अहिले आएर सामाजिक सञ्जालमा उनीहरुको केही तस्बिरहरु सार्वजनिक भएका छन् । जसबाट के अनुमान लगाउन सकिन्छ भने उनीहरु वैवाहिक जीवनमा बाँधिएका छन् । नवाब शाह र पूजा बत्राले नै हालै सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा पूजाको मेहन्दी लगाएको हातमा चूरा देख्न सकिन्छ ।

यद्यपि, हालसम्म उनीहरुले विवाहको औपचारिक घोषणा तथा जानकारी भने गराएका छैनन् । तर पूजाको हातमा देखिएको चूराले नै सबै कुराको वर्णन गरिरहेको छ ।

गत ईदको मौका पारेर ४६ वषर्ीय नवाबले इन्स्टाग्रामार्फत पूजासंगको तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेम सम्बन्ध स्विकार गरेका थिए । नवाबले तस्बिरसँगै लेखेका थिए-‘मैंले ४६ वर्षपछि आफ्नो पि्रय मान्छे फेला पारें ।’

पूर्व मिस इन्डिया रहिसकेकी पूजा बत्राले विरासत, नायक, हसीना मान जाएगी, भाइ, र्फज तथा एबीसीडी २ जस्ता बलिउडका फिल्महरुमा अभिनय गरेकी छिन् । नवाबले पनि भाग मिल्खा भाग, डन २, दिलवाले, टाइगर जिन्दा है जस्ता थुप्रै सफल फिल्महरुमा अभिनय गरेका छन् । यी फिल्महरुमा उनी सह-अभिनेताको रुपमा प्रस्तुत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment