Comments Add Comment

कोसी र कमलाको बाढी खतरा तहभन्दा माथि, सुरक्षित रहन आग्रह

सप्तकोसीले पनि खतराको तह पार गर्यो

२८ असार, विराटनगर । अविरल वर्षाले साना र ठूला नदीहरुमा जलसतह अत्यधिक बढिरहेको छ । सप्तकोसी र कमला नदीको बाढीले खतराको स्तर नाघेको छ ।

कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको बाढी मापन केन्द्रले जनाएको छ ।


वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा, सिराहा जिल्लाका डुबान भइरहने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आह्वान गरेको छ । ‘आज असार २८ गते दिनभर सुरक्षित स्थानमा जानु हुन अनुरोध छ,’ बाढी मापन केन्द्रले शनिबार बिहान सूचना जारी गर्दै भनेको छ ।

यसैगरी सप्तकोसी नदी चतरामा पनि शनिबार बिहान ६ बजे जलसतहले सतर्कताको तह पार गरेको छ । बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment