
२८ असार, विराटनगर । निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाढी र पहिरोमा परी ३ जना वेपता भएका छन् ।
तीन दिनको अवधिमा दुई जना घाइते भएका छन् भने ४ हजार बढी बिस्थापित भएका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक-एक गरी ९ जनाको मृत्यु भएको छ । पाँचथर, झापा र मोरङमा एक-एक जना वेपता छन् । सुनसरी र खोटाङमा एक-एक जना घाइते छन् ।
बाढी, पहिरो र डुबानका कारण प्रदेश १ भरी ४ हजार बढी विस्थापित भएका छन् । सुनसरी र मोरङमा विस्थापित हुनेको संख्या उच्च रहेको प्रदेश प्रहरीले जनाएको छ ।
तराईका अधिकांस खोलामा बाढी आउँदा सयौँ घर डुबानमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4