
२८ असार, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा सचिवालय डुबानमा परेको छ । लगातार भइरहेको बर्षाका कारण जनकपुरधामस्थित प्रदेशसभा सचिवालयको भवन डुबानमा परेको हो ।
प्रदेशसभा सचिवालयको सभाहल, सभामुख र उपसभामुखसहित कर्मचारीहरुको निवासमा समेत पानी पसेको छ ।
प्रदेशसभा नै जलमग्न भएपछि शनिबारका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
यसअघि शुक्रबार नियमित पानी पर्दा समेत बैठक बसेको थियो । शुक्रबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4