+
+
Shares

उद्धारको पर्खाइमा पोल्यान्डमा गम्भीर घाइते भएका अमित चौधरी

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का अमितकुमार चौधरी पोल्यान्डमा भएको सडक दुर्घटनामा गम्भीर घाइते छन् । उनको उद्धारका लागि नेपाल सरकारले चासो नदेखाएको परिवारको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १४:३९

४ भदौ, खोटाङ । पोल्यान्डमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक नेपाली युवाको उद्धारमा सरकार उदासिन देखिएको परिवारले आरोप लगाएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का अमितकुमार चौधरी पोल्यान्डमा भएको सडक दुर्घटनामा गम्भीर घाइते छन् । उनको उद्धारका लागि नेपाल सरकारले चासो नदेखाएको परिवारको आरोप छ ।

चौधरी वैदेसिक रोजगारीका सिलसिलामा ३ वर्षअघि पोल्यान्ड पुगेको परिवारले जनाएको छ । गत वैसाख ५ गते सवारी दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । हाल पोल्यान्डको सोसनोभिएक सिटीस्थित रिजनल अस्पतालमा उपचार भइरहेको पोल्यान्डबाट पर्शुराम धिमालले जानकारी दिए ।

अमितको उद्धारका लागि पत्नी उषा चौधरीले असार १९ गते गैरआवासीय नेपाली संघ, पोल्यान्डलाई गुहारेकी छन् । उनले त्यसअघि वैदेसिक रोजगार बोर्ड, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयमा पटक–पटक अनुरोध गर्दा पनि सरकारले ध्यान नदिएको बताइन् ।

घरको आर्थिक अवस्थाले हवाई टिकटलगायतका उद्धारका लागि लाग्ने खर्च धान्नसक्ने अवस्था नभएको बताउँदै उषाले गैरआवासीय नेपाली संघलाई गुहार्नुपरेको बताइन् ।

चौधरीको उद्धारका लागि सांसद अशोककुमार चौधरीले सदनमै आवाज उठाएका थिए । तर, सरकारले अझैसम्म नसुनेको परिवारको गुनासो छ ।

उता गैरआवासीय नेपाली संघ पोल्यान्डले चौधरीलाई नेपाल फर्काउन ‘अमितकुमार चौधरी घर फर्काउ’ अभियानमार्फत सहयोग संकलन गर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?