+
+
Shares

जनता टेलिभिजनका अध्यक्ष पौडेल पक्राउ

डेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १५:३०

४ भदौ, काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष  डा. विजयकुमार पौडेल पक्राउ परेका छन् ।

पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो ।

उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत भएका थिए । पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा रहँदै आएका उनी माओवादीसँग एकीकरणको विषयमा विमति राख्दै त्यता लागेका थिएनन् । त्यसपछि उनी राजनीतिक रुपमा सक्रिय थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?