+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

फेसबुकमाथि लाग्यो ५ अर्ब डलर जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २८ गते १५:३८

काठमाडौं । अमेरिकी नियमकले फेसबुकलाई ५ अर्ब डलर जरिवना गर्न अनुमति दिएको छ । अमेरिकी मिडियामा प्रकाशित खबरहरुका अनुसार डेटा गोपनियता उल्लंघन गरेको मुद्दामा यो जरिवाना तिराउन अनुमति दिइएको हो ।

केम्ब्रिज एनालिटिकाले फेसबुकबाट ८ करोड ७० लाख प्रयोगकर्ताको तथ्यांक प्राप्त गरेको मुद्दामा फेडरल ट्रेड कमिसन (एफटीसी)ले अनुसन्धान गरिरहेको छ ।

द वाल स्ट्रीट जर्नलका अनुसार एफटीसीमा सत्तारुढ रिपब्लिकन समर्थकहरु फेसबुकलाई ५ अर्ब डलर जरिवाना गराउने पक्षमा थिए भने डेमोक्र्याटहरु विपक्षमा । यो जरिवानालाई न्याय मन्त्रालयले स्वीकृत गर्न बाँकी छ ।

यसो भएमा कुनै पनि प्रविधि कम्पनीमाथि एफटीसीले लगाएको सबैभन्दा ठूलो जरिवाना हुनेछ ।

तर यसबारे अहिलेसम्म फेसबुक र एफटीसी दुबैले टिप्पणी गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?