Comments Add Comment

के तपाईको बच्चाले अरुको इर्ष्या गर्छ ?

इर्ष्या एक यस्तो भाव हो, जसले मान्छेलाई संकिर्ण बनाउँछ । हामीभित्र इर्ष्याको भाव हुन्छ । यद्यपी यसलाई राख्ने वा हटाउने ? हाम्रै हातको कुरा हो ।

हामी मात्र होइन, स-साना बालबालिकामा पनि यस किसिमको भावना विकास भएको हुन्छ । बाल-बालिकामा आफ्ना दाई, भाइ, दिदी, बहिनि, साथी-भाइ, आफन्त जो-कोहिसँग पनि इर्ष्यार्को भावना पैदा हुनसक्छ । बाल्यवस्थादेखि नै उनीहरुको इर्ष्यार्को भावनालाई नियन्त्रण गरेन भने ठुला भएर यसले गंभीर परिणाम ल्याउन सक्छ ।

बालबालिकामा चार प्रकारको इर्ष्या

मटेरियल जेलेसी (भौतिक चीजहरुबाट हुने इर्ष्या)

जब बालबालिकाहरु बाहिरी संसारको सम्पर्कमा आउँछन्, आफ्ना साथीभाइ, भाइ-बहिनीबाट आफुले चाहेका कुराहरु नपाउँदा उनहरुमा इर्ष्यार्को भावना उत्पन्न हुन्छ । जसलाई मटेरियल जेलेसी भनिन्छ ।

शैक्षिक योग्यता र कौशलसंगको इर्ष्या

यदि कुनै बालबालिकाले आफ्ना सहपाठीहरुसँग शैक्षिक र खेल सम्बन्धि इर्ष्या गर्न थाल्छन्, त्यस्तो अवस्थामा उनीहरुको आफ्नो प्रस्तुतीमा नराम्रो प्रभाव पर्न थाल्छ । उनीहरुले आफुलाई अरुभन्दा अयोग्य तथा सानो अनुभव गर्न थाल्छ ।

सोसल जेलेसी अर्थात सामाजिक इर्ष्या

बालबालिकाहरु हुर्कदै जाने क्रममा आफ्ना साथीहरुकै गर्लफ्रेण्ड तथा ब्वाइफ्रेण्डप्रति नै इर्ष्या गर्न थाल्छन् । सोसल जेलेसी किशोरावस्था स्वतः देखिने इर्ष्या हो ।

भाइ-बहिनीबीचमा हुने इर्ष्या (सिब्लिङ जेलेसी)

यो इर्ष्याको त्यस्तो रुप हो जुन बाल्य अवस्थाबाटै प्रारम्भ हुन्छ । कतिपय इर्ष्यार्लु बालबालिकाले सानैदेखि आफ्ना भाइ-बहिनीको इर्ष्या गर्छन् । जसले स्वथ्य दिदि-भाइ, दाजु -बहिनीको सम्बन्धलाई समेत नराम्रो बनाईदिन्छ ।

बालबालिकामा इर्ष्याको भावना खतरनाक हुँदाको स्थिती

-उनीहरुको आत्मविश्वासमा कमी आउन थाल्छ ।

-अन्य बालबालिकाहरुसँग आक्रामक व्यवहार गर्न थाल्छन् ।

-आफुलाई विवस र लाचार भएको अनुभव गर्छन् ।

-आफ्ना साथी-भाइ र सहपाठिहरुसँग अलग-अलग बस्न थाल्छन् ।

बालबालिकामा भएको इर्ष्यार्लाई कसरी घटाउने

तपाईको बालबालिका मटेरियल जेलेसीबाट ग्रस्त छन् भने अभिभावकले आफ्ना बालबालिकालाई सम्झाउनु पर्छ । हरेक परिवारको आर्थिक स्थिति फरक-फरक हुन्छ ।अरुको खेलौना अथवा अन्य कुरामा इर्ष्या गर्नुभन्दा आफुसँग जे छ त्यसैमा खुशी हुनुपर्छ भन्ने कुरा आफ्ना बालबालिकालाई राम्रोसँग सम्झाउनु पर्छ ।

यदि तपाईको बच्चा शैक्षिक तथा कौशल सम्बन्धि इर्ष्याबाट ग्रस्त छ भने अभिभावकले उसको योग्यताको पहिचार गरेर उ भित्र रहेको ईश्र्यालाई हटाउने कोशिश गर्नु पर्छ । बालबालिकाको ध्यान उसको व्यक्तिगत योग्यता र विशेषतातिर आकषिर्त गर्नुपर्छ । यसबाहेक जुन बिषयम अथवा क्षेत्रमा कमजोर छ, त्यसमा सुधार गर्नुपर्छ ।

यदि तपाईको बच्चामा सोशल जेलेसी (सामाजिक इर्ष्या) छ भने अभिभावकले उनीहरुको भावनालाई बुझ्नु पर्छ । उसलाई एक्लो छाड्नु भन्दा उसंग समय बिताउनु पर्छ ।  अभिभावकको साथले उनीहरुमा सकारात्मक सोच बढ्न थाल्छ ।

आफ्नै दाजु-भाइ अथवा दिदी-बहिनी (सिब्लिङ) बीचमा हुने मतभेदलाई हटाउनु अभिभावकको दायित्व हो । उनीहरुबीच उत्पन्न हुने नकारात्मक कुराहरुमा रोक लगाउनुहोस् र आफ्ना सबै बच्चामा उत्तिकै ध्यान दिनुहोस् ।

बालबालिकामा इर्ष्यार्को भावना हटाउनका लागि घर, स्कुल, पार्क आदि ठाउँमा साथीभाईसँग भएको उनीहरुको कुरा ध्यान दिएर सुन्ने । उनीहरु के कुराले खुशी छन्, कुन कुराले दुःखी छन्, के कारणले इर्ष्या, तनाव र चिडचियापन भएको छ सबै कुरा अभिभावकले थाहा पाउन आवश्यक छ । यी कुराहरु पछाडि लुकेका कारण थाहा पाउने कोसिस गर्नुहोस् ।

इर्ष्याको भावना हटाउनका लागि

-आफ्ना बालबालिकालाई महान व्यक्तिको प्रेरक प्रसंग सुनाउनुहोस्, जसले उनीहरुको हराएको आत्मविश्वास फर्कियोस् ।

-उनीहरुमा नकारात्मक विचारलाई हटाएर सकारात्मक सोच बढाउनु पर्छ ।

-उनीहरुको उपलब्धिलाई प्रशंसा गर्नुहोस् ।

-उनीहरुले गरेको राम्रो काममा प्रोत्साहित गर्नुहोस् ।

-उनीहरुको राम्रो सेन्स र ह्युमरको प्रशंसा गर्नुहोस् ।

आफ्ना बालबालिका इर्ष्यार्ग्रस्त भएका छन् भने आफ्ना साथीभाइ, परिवारको सदस्यसंग शेयर गर्न प्रेरित गर्नुहोस् । जसका कारण अभिभावकले इर्ष्यार्को कारण पत्ता लगाउन सजिलो होस् ।

यदि बालबालिकाले इर्ष्यार्को कारण बताउँदैनन भने उनीहरुलाई डायरीमा आफ्नो इश्र्यार्को कारण लेख्न लगाउनुहोस् र त्यसलाई दुई-तीन पटक पढ्न लगाउनुहोस् । इर्ष्यार्को कारण थाहा पाएपछि अभिभावक र बच्चा दुबैलाई त्यसबाट मुक्ति पाउने उपाय पनि थाहा हुन्छ ।

हरेक बालबालिकाको आफ्नै किसिमको बिषेशता हुन्छ । त्यसैले अभिभावकले अरुको बालबालिकासंग आफ्नो बच्चाको तुलना गर्नु हुँदैन । तपाईको बारम्बार तुलना गर्ने बानीले बच्चाको मनमा आफ्ना अभिभावकले आफुलाई माया गर्दैनन् भन्ने कुरा बस्छ ।

बिस्तारै बिस्तारै उनीहरुको मनमा इर्ष्यार्को भावना उत्पन्न हुन्छ र उनीहरुको आत्मविश्वास कमजोर हुन थाल्छ ।

साना बालबालिकालाई सम्झाउन गार्हो हुन्छ । तर केही कुराको बारेमा उनीहरुलाई जानकारी दिन आवश्यक हुन्छ, जस्तै-इर्ष्या । यदि तपाईको बच्चाले आफ्नो भाइ-बहिनिको आगमनमा इर्ष्या गर्छ भने अभिभावकले उसलाई भाइ-बहिनिको आगमनले उप्रतिको प्रेममा कुनै कमी नआउने कुरा माया र धैर्यताका साथ सम्झाउनु पर्छ । अभिभावकले माया, धैर्य र विश्वासका साथ सम्झाउनु भयो भने तपाईको बच्चाले अवश्य सम्झन्छ ।

अभिभावक र बच्चाबीच सम्बन्धलाई बलियो र इश्र्यार्लाई कम गर्नका लागि बच्चालाई स्पेशल फील गराउनु आवश्यक छ । जस्तै घुमाउनका लागि बाहिर लैजाने, उनीहरुको मन पर्ने कुरा गिफ्ट दिने । अभिभावकको आफुप्रतिको त्यस्तो व्यवहारका कारण बच्चाले आफुले पहिले जस्तै माया र केयरिङको अनुभव गर्छ ।

बाल अवस्थादेखि नै आफ्ना बालबालिकालाई शेयरिंङको भावना बिकसित गर्नुपर्छ । उनीहरुलाई शेयरिङको महत्व सम्झाउनु पर्छ । हरेक कुरा शेयरिंङ गर्ने बानीले उनीहरु सधै खुशी हुन्छन् र उनीहरुको मनमा कहिले पनि इश्र्यार्को भावना उत्पन्न हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment