+
+
Shares

विश्व नेपाली साहित्य महासंघको सपथ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १०:५४

३० असार, लन्डन । विश्व नेपाली साहित्य महासंघको केन्द्रीय समिति (२०१९-२०२२) का पदाधिकारीले भानुजयन्तीका अवसरमा शपथका साथै कार्यभार ग्रहण गरेका छन् । निर्वाचन समितिका संयोजक डा. कृष्णप्रकाश श्रेष्ठले समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा बिहीवार २३ सदस्यीय कार्यसमिति चयन भएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा डा. लेखनाथ काफ्ले (ताइवान)उपाध्यक्ष डेन्जोम साम्पाङ (अमेरिका)सावित्रा लुइँटेल घिमिरे (इजरायल)महासचिव केदार संकेत (अफगानिस्तान)सचिव सुनिता राई कन्दङ्वा (इजरायल)आर्थिक सचिव खगेन्द्र अधिकारी (नेपाल)संगठन सचिव हरि शिवाकोटी (क्यानडा)साहित्य सञ्चार संयोजक रमेश कँडेल (नेपाल) छन् ।

यसैगरी केन्द्रीय सदस्यमा विजय हितान मगर (बेलायत)राहुल राई बोगिको (मणिपुर)लक्ष्मण न्यौपाने र मोहनराज खनाल (म्यान्मा)आरएल श्रमजीवी (बेल्जियम)दिलीप राई सगर (मलयेशिया)अमित चाम्लिङ (कुवेत)बगाले क्षेत्री (साउदी)केबी पौडेल र कल्पना पौडेल (नेपाल)नवराज पोख्रेल (रोमानिया)ममता तामाङ (अमेरिका) र भुवन रोका (जापान) छन् ।

यसैगरी सल्लाहकारमा कृष्णप्रकाश श्रेष्ठ (रूस)भीम खतिवडा (नेपाल)कविता लामा (भारत)डा. मधु माधुर्य (अमेरिका)विश्वासदीप तिगेला (ब्रुनाई) लगायत छन्। महासंघमा उदाउँदो तारा साहित्य समाज (मलेसिया)अनलाइन नेपाली साहित्य मञ्चब्रुनाई/बेलायतनेपाली साहित्य प्रतिष्ठानहङकङसर्वदा वाङमय साहित्य प्रतिष्ठान (युएई)प्रवासी नेपाली साहित्य समाज संस्थाहरू सम्बद्ध रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?