+
+
Shares

पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १२:४९
Photo Credit : फाइल तस्वीर

३० असार, हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुमा आइतबार राति खसेको पहिरोमा पुरिएर एकै घरका आमाछोरीको मृत्यु भएको छ ।

पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

आइतबार राति करिब ११ बजेतिर खसेको पहिरोले घरसहित उनीहरुलाई पुरेको हो । पहिरोमा परी घाइते भएकी ३८ बर्षीया बेली बलामीलाई उपचारको लागि लगिएको उपरीक्षक सिंहले जानकारी दिए  । घटनास्थलमा प्रहरीको टोली गएर खोजतलास गरेपछि आइतबार बिहान शव फेला परेको हो । योसँगै बाढी र पहिरोबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?