+
+
Shares

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विदा नबस्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १२:५७

२९ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिदामा बसेका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तह नछाड्न निर्देशन दिएको छ ।

पछिल्लो केही दिन यता अविरल वर्षाका कारण नेपालका विभिन्न भूभागमा आएको बाढी, पहिरो, डुबानजस्ता विपद्को समयमा व्यवस्थापनको प्रमुख जिम्मेवारी स्थानीय तहको हुन्छ ।

आपतकालिन अवस्थामा उद्धार तथा राहतको काममा समन्वय गर्नुपर्ने आवश्यकता देखिएको भन्दै मन्त्रालयले बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृृतलाई पनि २४ घण्टा भित्र कार्यालयमा उपस्थित भई कामकाज गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

आइतबार सबै स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । विपद्को समयमा पनि कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत उपस्थित नभएको र यसबाट खोज तथा उद्धार, तत्कालिन राहत तथा शीघ्र पुनर्लाभको काम प्रभावित भएको गुनासो आएपछि उक्त निर्देशन दिनु परेको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?