Comments Add Comment

पर्सामा बाढीले मृत्यु हुनेको संख्या ३ पुग्यो

३० असार, वीरगञ्ज । पर्सामा बाढीले मृत्यु हुनेको संख्या ३ पुगेको छ । आइतबार राति १० बजे खोलामा खसेर वेपत्ता भएका ५० वर्षीय दुर्गा साह तुराहाको शव भेटिएपछि मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिका-२५ सिर्सिया खाल्वाटोला छोटी भन्सार नजिकै बस्ने दुर्गा साह आइतबार राति पिसाब फेर्न घरबाट बाहिर निस्किएका बेला चिप्लिएर सिर्सिया नदीमा खसेका थिए ।

नदीमा आएको बाढीले बगाएपछि उनको मध्यरातसम्म खोजी गरिए पनि फेला पार्न नसकेपछि प्रहरी टोली फर्केको थियो । बिहान सशस्त्र प्रहरी बल पर्सा चिनीमिलबाट गएकोे गोताखोर र डुंगा टोलीले खोजतलास गर्दा बिहान ११ बजेतिर उनको शव भेटिएको थियो ।

वीरगञ्ज महानगरपालिका-१ छपकैया भकुवा घाट नजिकै तैरिरहेको अवस्थामा साहको शव भेटिएको सशस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्लले जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।

यसअघि पर्सामा बाढीले बगाउँदा शनिबार पर्सा कालिकामाई गाउँपालिका -५ सिमराटोल बस्ने अन्दाजी ४० वर्षीय बंका पासवानको मृत्यु भएको थियो भने शनिबार बाढीले वेपत्ता बनाएका वीरगञ्ज महानगरपालिका-१८ भवानीपुर घर भइ वीरगञ्ज-२३ तेजारथ टोल बस्ने रामनारायण पटेलको छोरा अनुज पटेलको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।

वीरगंज-१४ स्थित सिर्सिया खोलामा आएको बाढी हेर्न गएका उनलाई बाढीले वेपत्ता बनाएको थियो ।

अबिरल वर्षापछि आएको बाढीले पर्सामा ९९९ घर डुबानमा पार्नुको साथै दुई हजार ५१३ जना विस्थापित बनाएको छ । बाढीले ८ वटा घरमा पूर्णरुपमा क्षती पुर्‍याएको प्रहरीको तथ्यांक छ ।

पानी पर्न रोकिएर घाम लाग्न थालेपछि क्रमशः जनजीवन भने सामान्य बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment