Comments Add Comment

‘मनसुनी रेखा दक्षिण सर्‍यो, अब धेरै पानी पर्दैन’

अझै एक-दुई दिन सतर्कता जरुरी : मौसमविद

३१ असार, काठमाडौं । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक-दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।

मौसमविद समीर श्रेष्ठले मनसुन न्यून चापिय रेखा दक्षिण सर्दै गएकाले अब धेरै पानी नपर्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘न्यून चापिय रेखा नेपालबाट विस्तारै दक्षिण सर्दै गएको छ, त्यसले अब धेरै पानी पर्ने क्रम हुँदैन ।’

अहिले मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा केही तल छ । जसको कारण मनसुनी गतिविधि देशभर कम सक्रिय छ । यद्यपि मंगलबार दिउँसो पहाडि र तराईका १-२ स्थानमा तथा राति पूर्वी तथा पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।

साउन १ गते बुधबार राति पूर्वी क्षेत्रका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment