Comments Add Comment

साहिद हिट हुँदा खुशी छैनन् ‘अर्जुन रेड्डी’का हिरो

बलिउड नायक साहिद कपुर अभिनित चलचित्र ‘कविर सिंह’ले बक्स अफिसमा धमकेदार कमाई गरिरहेको छ । अहिलेसम्म पनि चलचित्रको व्यापार निकै राम्रो छ । चलचित्र अहिले चौथो हप्तामा चलिरहेको छ । चलचित्रले २५० करोड भन्दा बढी कमाई गरिसकेको छ । यो चलचित्रले साहिदको ओरालो लागेको करिअरलाई माथि उठाएको छ ।

तर, यो चलचित्रको सफलतालाई लिएर ‘अर्जुन रेड्डी’ स्टार विजय देवगरकोन्डा खुसी छैनन् । ‘कविर सिंह’ अर्जुन रेड्डीको रिमेक हो । आफू अभिनित चलचित्रको रिमेक चलचित्र सफल हुदाँ पनि विजय खुसी देखिएका छैनन् । हालै एक अन्तरवार्तामा उनले दिएको उत्तरले उनी खुसी नभएको प्रष्ट हुन्थ्यो ।

‘कविर सिंह हेर्नुभयो ?’ भन्ने प्रश्नमा उनले उत्तर दिए–‘मलाई चलचित्रको सम्पूर्ण कथा थाहा छ । मेरो लागि चलचित्रमा हेर्नु पर्ने नयाँ कुरा केही छैन । मैले गरेको भूमिकालाई साहिदले गरेका हुन् । यसमा मैले दोहोरिएर हेर्नुपर्ने जरुरी के छ र !’

निर्देशकको सफलतामा भने खुसी छन् विजय । उनले भने–‘म चाहन्थँे कि हिन्दीमा पनि यो चलचित्र सफल होस् । किनभने यो चलचित्रमा सन्दिप रेड्डी वंगाले निर्देशन गरेका थिए । यो पनि ब्लकबस्टर भयो । उसको लागि खुसी छु ।’

यत्ती उत्तर दिएपछि विजयले यो चलचित्रको विषयमा कुरा गर्न नै इन्कार गरिदिए । यो सब पछि प्रष्ट बुझिन्थ्यो कि, साहिदको सफलतामा विजय खुसी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment